कर्णालीको मुख्यमन्त्रीमा जीवन शाहीको दाबी पेस

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवन शाहीले दाबी पेस गरेका छन्। ४ बजे उनले प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मंगलबार बेलुका साढे ७ बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेस गर्न आह्वान गरेका थिए। माओवादीका महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेसका जीवन शाही नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुँदैछन्।

जसअनुसार नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थन उनलाई हुनेछ । मुख्यमन्त्रीमा दाबी पेस गरेको शाहीलाई आज राति ८ बजे सपथग्रहण गराउने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार