प्रधानन्यायाधीशले तोके ९ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणको मुद्दा

काठमाडौँ । न्यायाधीशहरूको अघोषित बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधवार बन्दीप्रत्यक्षीकरणका मुद्दा सनुवाइ गर्न नौवटा इजलास गठन गर्नुभएको छ ।

जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मुद्दा सुनुवाइमा सहभागी नहुने बताए पनि जबराले इजलास तोक्नुभएको हो ।सातवटा संयुक्त र तीनवटा एकल इजलासमा बन्दीका मात्र रिट निवेदन तोकिएका छन् । जबराले इजलास गठन गरेपछि न्यायायाधीशहरूले भने वुधबार पनि इजलास नजाने बताउनुभएको छ ।

सोमबार बन्दीका मुद्दामा सुनुवाइ गरेका न्यायाधीश मंगलबारवाट पुनः इजलासमा नजाने निर्णयमा छन् । प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्ने कार्यलाई लम्ब्याउन खोजेकोलगायतका कारण देखाउँदै न्यायाधीशहरू काममा नगएका हुन् ।न्यायाधीशहरूले इजलास छोडेसँगै नेपाल बार एसोसिएसनले बुधबार चौथो दिन पनि प्रधानन्यायाधीश जबराविरुद्धको प्रदर्शनलाई कायम राखेको छ । कानुनव्यवसायीहरू कालोपट्टी बाँधेर धर्नामा बसेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार