अब हुने चुनावमा एमालेलाई कुचो लगाएर बडार्ने हो : गगन थापा

काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसका नेता गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई हराउनुपर्ने बताउनुभएके छ । भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले एमालेलाई स्थानीय तह, प्रदेश र केन्द्रमा अब हुने चुनावमा एमालेलाई हराउने बताउनुभयो।

‘यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बडार्ने हो। बडार्दा कुनाकाप्चामा अड्कियो भने भ्याकुम लगाउने हो,’ उहाँले भन्नुभयो। विगतमा पनि कांग्रेस एक्लै निर्वाचन लड्दा पहिलो पार्टी बनेको थापाले बताउनुभयो । उहाँले एमाले पार्टी नभई ओली एन्ड कम्पनी भएको आरोप लगाउनुभयो । ुएमालेमा फरक मत राख्ने दुई जना मात्रै देख्छु। भीम रावल र घनश्याम भुसाल। बाँकी कोही हुनुहुन्न,’ उहाँले भन्नुभयो, ‘एमाले फुट्यो अहिले ओली एन्ड कम्पनी भएको छ।’

उहाँले अर्ली इलेक्सन नहुने पनि बताउनुभयो। बरू वैशाखमा स्थानीय तहको चुनाव हुने उहाँको भनाइ छ।पार्टीको १४ औं महाधिवेशन मंसिरमा हुने र पुस २ भित्र निर्वाचन आयोगमा १४ औं महाधिवेशनपछि आएको कार्यसमिति दर्ताका लागि जाने पनि उहाँले बताउनुभयो। राष्ट्रिय सभाको रिक्त हुने सदस्य पदमा चुनाव हुँदैछ भने प्रतिनिधि सभा र प्रदेश सभाका रिक्त पदमा पनि उपनिर्वाचनको तयारी छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार