नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दै

काठमाडौँ । नयाँ पार्टी गठनसँगै संगठन निर्माणमा जुटेको नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठक पार्टी कार्यालय वा अन्य ठाउँमा बस्ने भन्ने टुंगो लागि नसकेको नेताहरुले बताउनुभएको छ । सो पार्टीले केन्द्र, प्रदेश जिल्ला हुदै पालिका, वडा र टोलसम्म पार्टी कमिटी विस्तार गरिरहेको छ । ‘संगठन विस्तार अभियान अन्र्तगत हामीले प्रदेश, जिल्ला र विभिन्न विभागहरुलाई पूर्णता दिइसकेका छौ, अहिलेसम्म ५० प्रतिशत पालिका गठन भएका छन्’, महासचिव भुसालले भन्नुभयो, ‘वडा कमिटीहरु पनि धमाधम गठन भइरहेका छन्, छिटै पूर्णता दिने तयारी छ ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार