बन्दीका मुद्दा हेर्न सर्वोच्चका न्यायाधीश इजलास बसे

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरू आज इजलासमा बसेका छन्। बन्दीहरूका मुद्दा हेर्न उनीहरू आज इजलासमा बसेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबार १५ न्यायाधीशका ९ इजलास तोकेका थिए।

आज दीपककुमार कार्की, प्रकाशकुमार ढुंगाना, मीरा खड्का, सुष्मलता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ, टंकबहादुर मोक्तान, कुमार चुडाल, आनन्दमोहन भट्टराई, कुमार रेग्मी, अनिलकुमार सिन्हा, मनोजकुमार शर्मा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, वमकुमार श्रेष्ठ र तेजबहादुर केसीका लागि इजलास तोकिएका थिए।

ती सबै इजलास बन्दीप्रत्यक्षीकरणका हुन् । विवादमा फसेका प्रधानन्यायाधीश राणाले निकास दिनुपर्ने पक्षमा रहेका न्यायाधीशले गत सातादेखि इजलासमा सुनुवाइ गरेका थिएनन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार