प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने १२ कारण

काठमाडौँ । अधिवक्ता टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने १२ कारण औँल्याएका छन् । बुधबार नेपाल बार एसोसिएसन परिसरमा भएको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले १२ कारण पढेर सुनाएका हुन् ।

अधिवक्ता भट्टराईले औँल्याएका १२ कारणहरु
१. न्यायमा अवरोध सिर्जना ।
२. स्वेच्छिक पेसी तोक्ने । पारदर्शी पेसी तोक्न असफल ।
३. न्यायिक विचलनलाई प्रोत्साहन ।
४. सहकर्मीको सम्पूर्ण विश्वास गुमाए ।
५. न्याय प्रशासन र न्यायसम्पादन स्वच्छ ढंगले चलाउन सक्नुभएन ।
६. बिचौलियाको दबाब प्रभाव हटाउन सक्नु भएन ।
७. राजनीतिज्ञले जस्तो पावर पोलिटिक्स गर्नुभयो ।
८. नियुक्ति र सरूवाको आधारविना मनलाग्दी
९. भ्रष्टाचार र बेथिति मौलायो ।
१०. विचाराधीन मुद्दामा डिफेन्स गर्नुभयो, अन्तर्वार्ता दिएर ।
११. स्वार्थ बाझिएका मुद्दा आफै हेर्नुभयो ।
१२. आफन्त र नातागोता र निकटलाई चलखेल गर्दा निरूत्साहित गर्नुसट्टा प्रोत्साहित गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार