‘प्रदेशको नामाकरणलाई चाँडै टुंग्याउँछौं’

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताउनुभएके छ । बिहीबार काठमाडौैंमा न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले अघिल्लो सरकारले सुरु गरेका कामलाई पूरा गर्ने र बजेटलाई श्रोत खोजेर ठूलो बनाउने पनि बताउनुभयो ।

आफ्नो कार्यकालमा बजेटलाई सही ढंग र सही स्थानमा खर्च गर्ने बताउँदै नेकपा एमालेको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको मुख्यमन्त्री राईले आरोप लगाउनुभयो । प्रदेशको नामाकरण गर्न दुई तिहाई मतको आवश्यक पर्ने भएकोले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुसँग पनि छलफल गर्ने र सहयोग पु¥याउन उहाँले आग्रह गर्ने बताउनुभयो ।

‘पहिलो हामी प्रदेशको नाम तोक्ने काम आरम्भ गर्दछौँ र प्रक्रिया पूरा गरेर नाम तोक्छौँ । थालेका कामहरुलाई सम्पन्न गर्छौं। बजेटको आकार सानो छ । त्यो बजेटलाई हामी अर्को बजेट अधिवेशनसम्ममा श्रोतहरु खेजेर ठूलो बनाउने प्रयास गर्छौं’, मुख्यमन्त्री राईले भन्नुभयो, ‘बजेटको सही सदुपयोग नहुने, बजेटलाई कार्यान्वयन गर्नको लागि योजना सही ढंगले छनोट नहुने, त्यसको प्राथमिकता सही ढंगले नहुने, यस्ता कमी कमजोरीहरुलाई हामी रोक्ने प्रयास गर्छौं।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार