नागरिकता विधेयक ल्याउन एमालेले रोक्यो : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमालेले सदन अवरुद्ध गरेकाले नागरिकताजस्ता महत्वपूर्ण विधेयक ल्याउन नसकेको बताउनुभएको छ । सोमबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खाँणले आफूहरु सरकारमा आइसकेपछि एमालेले सदन नै चल्न नदिएका कारण नै बिधेयक ल्याउन नसकेको बताउनुभएके हो ।

उहाँले सदन चल्न दिन एमालेसंग आग्रह पनि गर्नुभयो। त्यस्तै उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र ढंगले नै चल्नुपर्ने सबैको चाहना रहेको र अब न्यायपालिकाको विवाद छिटो अन्त्य गर्ने पहल भईरहेको बताउनुभएको हो ।मन्त्री खाणँले नागरिकको जीवन रक्षाका लागि सरकार गम्भीर रहेको भन्दै सरकारको पहिलो दायित्व नै नागरिकको सुरक्षा रहेको उल्लेख गर्नुभयो। विमानस्थलमा कांग्रेस नेताहरु रामकृष्ण यादव, मुक्ता कुमारी यादव, प्रदेश मन्त्रीद्वय रामसरोज यादव र विरेन्द्र सिंह लगाएतले मन्त्री खाँणलाई स्वागत गर्नुभएको थियो। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार