
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज हुने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक दश बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत भएको बताउनुभएको छ।
बैठक बस्ने दिन रावलले समाजिक सञ्जालमा स्टाटस लेख्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित र गुटबन्दीको नमुना भन्नुभएको छ । आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ। यो गुबन्दीको नमूना हो।यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?
उहाँले आज बस्ने बैठकले गर्ने निर्णयसमेत अवैध र अमान्य हुने रावलले चेतावनी दिनुभएको छ । उहाँले पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन झापामा लागू हुने, सुदूरपश्चिममा किन लागू नहुने भन्दै प्रश्नसमेत गर्नुभएको छ । उहाँले सुदूरपश्चिमको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि भन्दै आक्रोशसमेत पोख्नुभएको छ।
‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरित छ। यो गुटबन्दीको नमुना हो। यो बैठक र यसका निर्णयहरु अवैध र अमान्य छन्। अपानि १२ झापामा लागू हुने, सु.प.मा लागू नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि ?’ सामाजिक सञ्जाल ट्वीटरमा रावलले भन्नुभएको छ । सेतोपाटीबाट