भोलिदेखि प्रधानन्यायाधीशलाई अदालत प्रवेश निषेध गर्ने बारको घोषणा

काठमाडौँ । नेपाल बार एसोसिएसनले भोलिदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदाल झिर्न नदिने घोषणा गरेको छ । आजको धर्नाको समापन गर्दै वकिलहरुले प्रधानन्यायाधीशलाई भोलिदेखि अदाल प्रवेश निषेध गर्ने घोषणा गरेको हो ।

त्यसका लागि बारले उपत्यकामा भएका सबै कानुन व्यवसायीलाई भोलि १० बजे सर्वोच्च परिसरमा उपस्थित हुन आह्वान गरेको छ । आजदेखि देशभरका बार इकाइहरुले प्रधानन्यायाधीशकोविरुद्धमा आन्दोलन सुरु गरेका छन् ।सर्वोच्च अदालभित्रको विकृति विसंगतिको अत्य गर्न भन्दै बारले कात्तिक १४ गतेदेखि निन्तर आन्दोलन गर्दै आएका छन् । सोहि क्रममा आज वकिलहरुले धर्ना दिएका थिए । आजको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गर्दा केही विकलहरु घाइतेसमेत भएका छन् ।

तर, यहि आन्दोलनकै क्रममा प्रधानन्यायाधीश जबराले भने पेसी तोकी रहेका छन् । उनले आज मात्र १७७ वटा मुद्दा पेसी राख्दै इजलास तोकेका छन् ।न्यायाधीश दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा २६, मीरा खड्का र तेजबहादुर केसीकोमा २८, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मलता माथेमाकोमा ३४, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीकोमा २६ वटा मुद्दाको पेसी तोकेका छन् ।

यसैगरी, विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा २, वमकुमार श्रेष्ठ र कुमार रेग्मीकोमा २७, प्रकाशकुमार ढुंगाना र कुमार चुडालको इजलासमा २४ र नहकुल सुवेदीको एकल इजलासमा ७ वटा मुद्दाको पेसी तोकेका छन् ।प्रधानन्याधीश जबराकोविरुद्धमा सर्वोच्च अदालतकै १९ जना न्यायाधीश लागेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार