देवघाटलाई वैदिक शिक्षा अनुसन्धानको केन्द्र बनाउँछौं : मुख्यमन्त्री नेपाली

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देवघाट क्षेत्रलाई वैदिक शिक्षा अनुसन्धानको केन्द्र बनाउने बताउनुभएको छ । धार्मिक पर्यटन, शिक्षा र अनुसन्धानको थलोका रुपमा देवघाटलाई अगाडि बढाउन प्रदेश सरकारले सघाउने उहाँले बताउनुभयो ।

तनहुँको देवघाट गाउँपालिका ५ स्थित बज्रयोगिनी माविको ६१ औं वार्षिकोत्सव समारोहमा बिहीबार मुख्यमन्त्री पोखरेलले सो धारणा राख्नुभएको हो । गण्डकी प्रदेशको विकासको आधार भनेकै त्रिवेणी, देवघाट हुँदै मुक्तिनाथ हो भन्दै उहाँले कालीगण्डकी करिडोर र शालिग्राम मार्गलाई पूर्णता दिने गरी काम भइरहेको जानकारी गराउनुभयो ।

देवघाटमा लामो समयदेखि सुकुम्वासी समस्या रहेकोबारे आफू जानकार रहेको भन्दै उहाँले यो सरकारले भूमिहीनलाई लालपूर्जा दिलाउने आश्वासन दिनुभयो ।मुख्यमन्त्री पोखरेलले बिहीबार साँझ नै देवघाटमा रहेका संस्कृत विद्यापीठको अवलोकन गरी त्यहाँको बस्तुस्थितिबारे जानकारी लिनुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार