
काठमाडौँ । सर्वोच्च अदालतको मूल गेट अगाडि नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको प्रदर्शनमा प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रधान्यायाधीश जबराको पक्षमा नाराबाजी गर्दै उनीहरुले बारको धर्ना बिथोल्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले ५ जनालाई पक्राउ गरेको बताइएको छ । शुक्रबार सर्वोच्च अदालतको मुख्य गेट अगाडि नेपाल बार एसोसिएसनका पदाधिकारीहरु र कानुन व्यवसायीहरुले धर्ना दिइरहेका छन् । प्रधानन्यायधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारका पदाधिकारी तथा वकिलहरु मूल गेट अगाडि बसेर धर्ना दिइरहेका हुन् । ekantipurबाट