राष्ट्रिय जनगणनामा सहभागी बन्न मुख्यमन्त्री भट्टद्वारा आह्वान

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय जनगणना २०७८ मा घरआँगनमा आउने गणकलाई सही तथ्याङ्क उपलब्ध गराउन आह्वान गरेका छन्। उहाँले बुधबार एक सन्देश जारी गर्दै राष्ट्र र प्रदेशको समेत नीति निर्माणमा सहभागी बन्न सुदूरपश्चिम प्रदेशवासीलाई अनुरोध गर्नुभएको हो।

‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ बिहीबारदेखि जनगणनाको कार्य सुरु भएको छ । यसका लागि गणक परिचालन भएका छन्। आगामी मङ्सिर ९ गतेसम्म जनगणना हुने छ। केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा राष्ट्रिय जनगणनाको कार्य गर्दै आएको छ। विसं १९६८ देखि जनगणना सुरुआत भएको हो। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार