
काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदाल प्रवेश निषेध गरेपनि उनी वकिलहरुको आन्दोलनलाई छक्याएर कार्यकक्षामा पुगेका छन् । मुल गेटमा वकिलहरुको धर्ना भइरहेको अवस्थामा जबरा अर्को बाटो प्रयोग गरे कार्यकक्षमा छिरेका हुन् ।
तर, जबराले आफू कार्यकक्षमा छिर्नुभन्दा पहिले घरैमा इजलास गठन गरेका छन् । उनले बालुवाटारको प्रधानन्यायाधीशको निवासबाटै आठ वटा इजलास गठन गरेका छन् । भने २ सय २३ मुद्दाको लागि पेसी तोकेको छ । जबराले आफू बाहेकका आठ वटा इजलास गठन गरेका छन् ।
दीपककुमार कार्की र कुमार चुडाल, मीरा खड्का र प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र सुस्मलता माथेमा, बमकुमार श्रेष्ठ र मनोज कुमार शर्मा, प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदी तथा तेज बहादुर केसी र कुमार रेग्मीका संयूक्र इजलास छन् । नागरिक खबरबाट