शम्भु थापाको प्रश्न : दलहरूलाई भ्रष्ट प्रधानन्यायाधीश चाहिएको कि स्वच्छ ?

काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाल बार र सर्वोच्च बारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको बर्खास्त गरिसकेको भन्दै सेना र प्रहरीको बलमा सर्वोच्च छिरे पनि उहाँले केही गर्न नसक्ने बताउनुभएको छ ।

शुक्रबार सर्वोच्च अदालत परिसरमा नेपाल बारको आयोजनामा भएको विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल बारका पूर्व अध्यक्ष समेत रहका थापाले प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दलहरु मौन बसेकोमा समेत आपत्ति जनाउनुभयो।‘दलहरु बोल्नुहुन्छ कि हुन्न रु तपाईंहरुलाई भ्रष्ट प्रधानन्यायाधीश चाहिएको छ कि स्वच्छ ?’, थापाले दलहरूलाई प्रश्न गर्नुभयो।

उहाँले नेपाली जनताले भ्रष्ट प्रधानन्यायाधीश नखोजेको भन्दै स्वच्छ प्रधानन्यायाधीश नभए न्यायको मूल्य मर्ने बताउनुभयो । उहाँले राजनीतिक दल र सरकारलाई यस्तो प्रधानन्यायाधीशलाई अब सरकारले सुरक्षा दिएर नराख्ने घोषणा गर्न समेत सुझाव दिनुभयो । कार्यक्रममा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार साढे नौ बजे पुन अदालतमा धर्ना बस्ने जानकारी दिनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार