नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा छन्त्याल (तस्बिरहरु)

बेनी । नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार बेनीमा सम्पन्न प्रथम अधिवेशनले युवा नेता ओमबहादुर छन्त्यालको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । यसैगरी उपसभापतिमा रघुगंगगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र युवा नेता सुजन बरुवाल निर्वाचित हुनुभएको छ ।

सचिवमा चक्रबहादुर केसी र रोशन पुन, सहसचिवमा .विशाल खत्री र गणेश गर्बुजा निर्वाचित हुनुभएको मतदान अधिकृत रामजीप्रसाद सुवेदीले जानकारी दिनुभयो । सभापति र सचिव पदमा यसअघिनै सर्वसम्मत गरिएको थियो । अधिवेशनबाट १७ जना प्रदेश अधिवेशन प्रतिनिधिहरु पनि चयन भएका छन् । सभापति छन्त्यालले सबैलाई धन्यवाद व्यक्त गर्दै सबै संगको सहकार्यमा पर्टाीलाई थप बलियो बनाउने अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले पार्टीलाई थप बलियो र सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी मंसिर १ मा हुने जिलला अधिवेशनबाट सहमतिमा सहमतिमा नेतृत्व चयनका लागि प्रयासरत रहेको समेत बताउनुभयो ।कार्यक्रममा निवर्तमान सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँ ,पुर्व सहसभापति नेत्रबहादुर महत,पुर्व सभापति गोपालनारायण भट्टचन ,बेनी नगरपालिकाका मेयर तथा जिल्ला सचिव हरिकुमार श्रेष्ठ ,महासमिति सदस्य तथा वरिष्ठ अधिबक्ता चिरञ्जीवी शर्मा ,नेपाली काग्रेस रघुगंगा गाउँपालिका सभापति तथा वडा नम्बर ६ का वडा अध्यक्ष मनकुमार शेरपुजा र कांग्रेस अन्नपुर्ण गाउँपालिका सभापति क्याप्टेन बलबहादुर तिलिजा लगायतले बोल्नुभएको थियो । प्रदेश सभा सभापति माधवप्रसाद रेग्मीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन जिल्ला सहसचिव भरतबहादुर रकालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार