
काठमाडौं । सर्वोच्च अदालत नेपाल बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको भूमिकालाई मान्यता दिने कुनै पनि कदम आफूहरुलाई स्वीकार्य नहुने बताउनुभएको छ ।
जबराले तोकेको इजलास बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच १९ जनाको बैठकबाट नियमावली संशोधन गर्ने र पेशी तोक्न गोलाप्रथा लागू गर्नु विषयमा छलफल भएको थियो । त्यसतर्फ संकेत गर्दै शाक्यले प्रधानन्यायाधीश जबरालाई कुनै पनि भूमिकामा स्वीकार नगर्ने बताउनुभयो ।
सर्वोच्च अदालत परिसरमा धर्ना बसेका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता समेत रहेका शाक्यले भन्नुभयो, ‘यो ब्याक गियर नभएको आन्दोलन हो । उहाँको कुनै रोललाई मान्यता दिएर यो आन्दोलनलाई तुहाउन दिन्नौं ।’ अनलाइनखबरबाट