विद्युतीय सामानको प्रयोग बढाऔं : मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय सामानको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले विद्युत् महसुल समायोजन भएपछि विद्युत् शुल्क कम पर्ने भएकाले विद्युतीय सामान, सवारी साधनको प्रयोग गर्न सुझाव दिनुभएको छ ।

आइतबार सामुदायिक रेडियो प्रसारक नेपाल संघ (अकोराव) ले आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री भुसालले सबै नेपाली जनताहरुलाई सवारी साधन, घरायसी प्रयोगका सामान किन्दा विद्युतीय सामानहरु किन्न आग्रह गर्नुभएको छ ।

उनले आगामी मंसिर १ गतेदेखि विधुत् महसुल समायोजन प्रक्रिया लागू हुने भएकाले सक्दो विद्युतको खपत बढाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले विद्युत्को दर नै महँगो भएकाले पहिलो कदम नै महसुल समायोजन भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ ‘हाम्रोमा विद्युत्को दर महँगो छ । सामान्य अर्थशास्त्रअनुसार जति धेरै उत्पादन हुन्छ, लागत मूल्य कम हुन्छ ।

उपभोक्ताका रूपमा मेलै गरेको अनुभव जति खपत बढी भयो दर कम हुनुपर्ने हो तर यहाँ त्यस्तो छैन,’ उहाँले भन्नुभयो, ‘विद्युत्को दरमा पुनर्विचार गरेर विद्युत् महसुल समायोजन गर्न लागिएको हो ।’उहाँले निजी क्षेत्रबाट हुने विद्युत उत्पादनको मात्रा बढाउन पहल गर्ने र बढी भन्दा बढी नेपाल विद्युत प्राधिकरणले खरिद गरि जनस्तरसम्म पुर्याउने योजना रहेको बताउनुभयो । उहाँले जनतालाई गरीबीबाट उन्मुक्ति दिलाउनु नै पहिलो आफ्नो सपना भएको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार