कांग्रेस केन्द्रीय समिति बैठक बुढानीलकण्ठमा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुढानीलकण्ठमा बस्दैछ । महाधिवेशनको तयारीका बारेमा छलफल गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा आज बैठक बस्न लागेको हो ।

केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न शनिबार कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठक बसेको थियो ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समितिमा बैठकले निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ भने महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गर्ने जनाइएको छ ।

त्यस्तै विभिन्न देशमा रहेका जनसम्पर्क समितिले पठाएका क्रियाशील सदस्यता सूची अनुमोदन गर्नेबारे पनि केन्द्रीय समिति बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ सम्म काठमाडौंमा हुँदैछ ।कांग्रेस पार्टी कार्यालयमा क्रियाशील सदस्यता विवादलाई लिएर रौतहटका केहि नेता कार्यकर्ताहरु अनसनमा बसकाले केन्द्रीय समिति बैठक सभापति देउवाको निजी निवासमा बसेको हो । अनलाइनखरबबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार