कास्की । गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २९९ जनामा गरिएको नमूना परिक्षणमा ३१ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये १४ महिला १७ पुरुष रहेका छन् ।
प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिनुभयो । उहाँका अनुसार कास्की २२, स्याङ्जा ३,लमजुङ १ र नवलपरासी पूर्वमा ५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ६४५ पुगेको छ । गण्डकीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बागलुङ नगरपालिका –९ का ५३ बर्षिय पुरुष रहेका छन । उनको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४०२ पुगेको छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८५ हजार ८८४ पुगेको छ भने होम आइसोलेसनमा ३०१ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ३५९ पुगेको निर्देशनालयले जानकारी दिएको छ । रातोपाटीबाट