एमाले महाधिवेशन : ४१ जिल्लामा प्रतिनिधि चयन

काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि ४१ जिल्लामा प्रतिनिधि छनोट कार्य सकिएको छ । आइतबार तीन बजेसम्म भौगोलिक तर्फ ४१ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट सकिएको विवरण प्राप्त भएको एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख सुर्य थापाले जानकारी दिनुभयो ।

उपप्रमुख थापाका अनुसार केही जिल्लामा क्षेत्रगत निर्वाचन भएपनि बाँकी जिल्लामा सहमतिका आधारमा प्रतिनिधिहरू छनोट भएका हुन् । उहाँका अनुसार उदयपुरमा एक, झापामा २, रुपन्देही २, नवलपरासी, भक्तपुर र ललितपुरका एक एक क्षेत्रमा निर्वाचन भएको बताउनुभयो । बाँकीमा सहमतिकै आधारमा प्रतिनिधिहरू चयन भएको थापाको भनाई छ । प्रतिनिधि छनोट हुन बाँकी रहेका जिल्लाहरुमा सोमबारसम्म सकिने पनि उहाँले बताउनुभयो ।

भुगोलबाहेक जनसंगठन, विभाग र विशेष कमिटी तर्फका सवै प्रतिनिधि सहमतिमा चयन भइसकेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताउनुभयो । मंसिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनका लागि एमालेले १ हजार ९ सय ९९ प्रतिनिधि चयन गर्ने जनाएको छ । यस्तै एमालेले कात्तिक ३० गते महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गर्दैछ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार