कोरोनालाई देखाएर अब विकास निर्माणलाई प्रभाव पार्न पाइदैन: अर्थ मन्त्री बराल

म्याग्दी । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कोरोनालाई देखाउर अब विकास निर्माणलाई प्रभाव पर्न नपाइने बताउनु भएको छ । अर्थ मन्त्रालयले मंगलबार म्याग्दीमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले अब नतिजा दिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिदै अब कोरोनालाई देखाएर विकास निर्माणलाई प्रभाव पार्न नपाइने बताउनु भएको हो ।

हाल कोरोनाको प्रभाव विस्तारकै कम हुदै आएकोले बहिरीको रुपमा रहेको कोरोनाबाट सचेत हुदै विकास निर्माणलाई गति दिने गरी अघि बढ्न मन्त्री बरालले बताउनु भयो । थोरै बजेट र खुद्रे बजेट आएको भन्ने प्रश्नमा मन्त्री बरालले प्राप्त बजेट प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्न बताउनु भएको छ । अभ्यासकै क्रममा रहेको हुदा तीन तहका सरकार बिच समन्वय, सहकार्य र सहअस्तित्व हुन नसक्दा कार्यक्रमहरु प्रभावकारी हुन नसकेको उहाँले बताउनु भयो । प्रदेशले आन्तरिक श्रोतलाई कसरी बृद्धि गर्न सकिन्छ, त्यसको श्रोतहरु के के हुन त्यस तर्फ सवैको ध्यान केन्द्रित हुनु पर्ने धारणा व्यक्त गर्नु भयो । करको दर भन्दा दायराका क्षेत्रहरु ध्यान केन्द्रित हुनु पर्ने उहाँको भनाई थियो ।

अर्थ मन्त्रालयका सचिव बैकुण्ठ प्रसाद अर्यालले म्याग्दी जिल्लाको संक्षिप्त कार्यप्रगती पेश गर्दै गत बर्ष ७१.४३ प्रतिशत बजेट कार्यान्वयन भएकोमा यस बर्षको पहिलो चौमासिकमा करिब ८ प्रतिशत बजेट खर्च भएको बताउनु भयो । बहुबर्षीय योजनाहरुमा कम्तिमा पनि २० प्रतिशत बजेट सुनिश्चित नभएसम्म कार्यान्वयनमा लैजान नसकिने उहाँले बताउनु भयो । एउटै कार्यक्रममा दुई योजना भए एउटा मात्र कार्यक्रम लागु हुने सचिव अर्यालले जनाउनु भयो ।

कोष लेखा तथा नियन्त्रक कार्यालय म्याग्दीका युक्त प्रसाद शर्माले अझै पनि ४० देखि ४५ प्रतिशत बजेट खर्च असारमा हुने हुँदा यसलाई समयमै सुधार गर्नुपर्ने बताउनु भयो । पूर्वाधार विकास कार्यालय म्याग्दीका सन्तोस अर्यालले बहुबर्षीय योजनाहरु यसै बर्ष संचालनको लागि आवश्यक बजेट विनियोजन नभएको गुनासो गर्नू भयो । यस बर्ष टुक्रे धेरै योजना परेको एकै योजनामा अघि र पछि गरी बजेट समेत विनियोजन भएको उहाँको भनाई थियो । स्वास्थ्य कार्यालय म्याग्दीका एकनारायण भुषालले लेखा तथा प्रशासनका कर्मचारी अभाव भएको गुनासो गर्नु भयो । कोरोनाबाट म्याग्दीका ८२ जनाको मृत्यु भएको र हाल ४ जना कोरोनाका बिरामी भएको उहाँले बताउनु भयो । १८ बर्ष माथिका करिब ५५ प्रतिशत जनसङमा कोरोना बिरुद्धको खोप उपलब्ध गराइएको भुषालले जनाउनु भयो ।

बेनी अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन डा.जितेन्द्र कंडेलले लेखाको दरवन्दी भएकोले कर्मचारीले तलव भक्ता खान समस्या भएको बताउनु भयो । सामाजिक विकास कार्यालय म्याग्दीका रमेश थापाले १६ वटा योजनाहरु परे पनि योजना परेको ठाँउको बारेमा पक्ता लगाउन एक महिना समय लागेको बताउनु भयो । ज्येष्ठ नागरिक र प्रभावित व्यक्तिहरुको आश्रमको रुपमा व्यबस्थापन गर्न एउटा सामुदायिक भवन आवश्यक भएको उहाँले बताउनु भयो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेशका विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुले कर्मचारी अभाव, सवारी साधानको अभाव, विनियोजित बजेट कम विनियोजन भएको गुनासो गर्नु भएको थियो । अर्थ मन्त्रालयका शाखा अधिकृत केशव सुवेदीले संचालन गरेको कार्यक्रममा मन्त्रालयकै शाखा अधिकृत दिलीप सुवेदीले स्वागत गर्नु भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार