कांग्रेस म्याग्दीको सातौं अधिवेशनको तयारी पुरा,धमाधम उम्मेद्धारी घोषणा

बेनी । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । सोमबार बसेको जिल्ला कार्यसमितिको अन्तिम बैठकले अधिवेशनको लागि कार्य विभाजन गरी  तयारी थालेको थियो । अधिवेशनको लागि सम्पुर्ण तयारी पुरा भएको नेपाली कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच वटा उपसमिति गठन गरी आवश्यक तयारी थालिएको थियो । बेनी स्थित जिल्ला समन्वय समितिको सभा हलमा हुने अधिवेशनमा करिब सात सय प्रतिनिधि सहभागि हुने नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । यसअघि सम्पन्न ४५ वटा वडाको अधिवेशनबाट करिब सात सय ५० जना क्षेत्रीय प्रतिनिधि चुनिएका छन् । बुधबार हुने अधिवेशनबाट आगामी नेतृत्व संगै चौधौं महाधिवेशनका लागि केन्द्रिय महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

अधिवेशनका लागि प्रतिनिधिहरु बेनीमा आउने क्रम जारी छ । अधिवेशनका लागि नेता,कार्यकर्ता भेला र छलफमा जुतेपछि रौनक तातेको छ । मुलुक संघीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ । केन्द्रिय कार्यसमितिले म्याग्दीमा बागलुङका निरञ्जनलाल राज भण्डारीलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

धमाधम उम्मेद्धारी घोषणा
आगामी नेतृत्वको लागि उम्मेद्धारी घोषणा गर्ने क्रम सुरु भएको छ । सभापतिमा पदमा वर्तमान सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले सामाजिक सञ्जाल मार्फत उम्मेद्धारी घोषणा गरिसक्नुभएको छ भने अर्का निवर्तमान सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँको चर्चा चलेपनि आधिकारीक रुपमा भने घोषणा गर्नुभएको छैन् । कांग्रेस म्याग्दीका एक नेताका अनुसार उपसभापति पदमा करिब आधा दर्जनको चर्चा चलेको छ । वर्तमान उपसभापति माधवप्रसाद रेग्मी , सचिव तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ ,वर्तमान सचिव क्याप्टेन मिन बहादुर कार्की,जिल्ला सदस्य केबी भण्डारी ,प्रदेश सभा ‘ख’का निवर्तमान सभापति कमल छन्त्यालले सामाजिक सञ्जाल फेसबुक मार्फत उम्मेद्धारी घोषणा गर्नुभएको छ । भने उपसभापति पदमा चर्चा चले पनि अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका क्याप्टेन डमबहादुर गर्बुजा पुनले आधिकारिक रुपमा घोषणा गर्नुभएको छैन् । उपसभापति पदका आकांक्षी रेग्म्ी ,श्रेष्ठ ,छन्त्याल,कार्की वर्तमान सभापति गर्बुजा पक्षका हुनुहुन्छ । भने भण्डारी र गर्बुजा पुन निवर्तमान सभापति तथा संविधान सभा सदस्य बानियाँ पक्षका हुनुहुन्छ ।

। यसैगरी सचिव पदमा नेपाल राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष हिराबहादुर पुनले सामाजिक सञ्जाल र वर्तमान सहसचिव भरतबहादुर रकालले औपचारिक पत्रकार सम्मेलन गरेर उम्मेद्धारी घोषणा गर्नुभएको छ । भने अजयमिलन श्रेष्ठ र दुर्गाराम सुवेदीको चर्चा चलेपनि आधिकारीक घोषणा गर्नुभएको छैन् । रकाल र पुन सभापति गर्बुजा पक्षका हुनुहुन्छ भने श्रेष्ठ र सुवेदी सभापति पदका लागि आकांक्षी बानियाँ पक्षका हुनुहुन्छ । जिल्ला अधिवेशनका लागि संस्थापन र संस्थापन इतर पक्षका छुट्टा छुट्टाछुट्टै उम्मेद्धारी घोषणा भएपनि सहमतिमा नेतृत्व चयन गर्न छलफललाई तिब्रता दिइएको छ ।  जिल्ला अधिवेशनले कम्तिमा पाँच वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका जिल्ला अधिवेशनका प्रतिनिधि मध्येबाट जिल्ला कार्यसमितिका लागि उप–सभापति दुई, सचिव दुई र सह–सचिव दुईको निर्वाचन गर्नेछ ।

सभापतिले जिल्ला कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्तावगरी निर्वाचित कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष चयन गर्नेछन् । प्रत्येक गाउँपालिकाबाट कम्तिमा एक महिलासहित दुई जना, नगरपालिकाबाट कम्तिमा एक महिलासहित तीन जना सदस्य प्रत्यक्ष निर्वाचित गर्नेछ । महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट सबै स्थानीय तहबाट जोडेर प्रत्यक्ष निर्वाचित हुनेसदस्य संख्याको दुई तिहाई सदस्य जिल्लाको सम्पूर्ण जनसंख्याको बनोट अनुसार, तोकिए बमोजिम समानुपातिकआधारमा निर्वाचित गर्नेछ ।

अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्ये एक जना प्रत्यक्ष निर्वाचित गर्नेछ ।सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनु पर्ने व्यवस्था, समानुपातिक समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यकको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी कार्यसमितिको कूल सङ्ख्याको बीस प्रतिशत सदस्य मनोनित गर्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार