आगलागी पीडितका लागि राहत बोकेर कर्णालीका मुख्यमन्त्री मुगुमा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आगलागीबारे स्थलगत अनुगमन गर्न मुगु जानुभएको छ । उहाँ राहत सामग्रीसहित नेपाली सेनाको हेलिकप्टरमा बुधवार बिहान मुगु जानुभएको हो ।

तत्कालीन राहत सामग्रीहरू टेन्ट, लत्ताकपडा, भाँडा काठमाडौंबाटै ल्याईएको छ। सुर्खेतबाट खाद्यान्न र रेडक्रसको राहत सामग्री लगिएको मुख्यमन्त्री शाहीको निजी सचिवालयले जनाएको छ।मुख्यमन्त्री मंगलबार दिउँसो नै मुगु जाने कार्यक्रम तय भए पनि हेलिकप्टर ढिला आएपछि तालिका रद्द भएको थियो ।मंगलबार बिहान प्रदेश विपद् व्यवस्थापन समितिको वैठक बसेर आपतकालीन राहत लिएर मुख्यमन्त्री शाही मुगु जाने कार्यक्रम बनाईएको थियो ।

प्रक्रिया पूरा गर्न समय लाग्दा काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर पनि ढिला सुर्खेत आएको थियो। सेनाको हेलिकप्टर साढे ३ बजे सुर्खेत विमानस्थलमा आएको थियो। त्यसबेला मुगु गएर सुर्खेत फर्किन नसकिने भएपछि मुख्यमन्त्री नजानुभएको हो ।आज गएको मुख्यमन्त्रीको अनुगमन टोलीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, मुगुका सांसद् झोवा विक, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सहभागी रहेको मुख्यमन्त्रीका स्वकीय सचिव राज रोकायाले जानकारी दिनुभयो।

मुख्यमन्त्री शाहीको स्थलगत अनुगमन र स्थानीय प्रशासनले क्षतिको एकीन विवरण उपलब्ध गराएपछि प्रदेश सरकारले थप राहत घोषणा गर्नेछ। त्यसका लागि प्रदेश संकट व्यवस्थापन समितिको अर्को वैठक आज साँझ बस्नेछ।सोमबार राती साढे १२ बजे भएको आगलागीबाट गमगढीमा २० वटा घर जलेर नष्ट भएका छन्। राती सल्किएको आगो बिहान साढे ४ बजे मात्र नियन्त्रणमा आएको थियो।स्थानीय ठिन्ले लामाको घरमा बालेर राखेको दियोबाट आगो फैलिएको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार