सर्वसम्मत नभएका पदमा मतदान सुरु (फोटो फिचर )

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा खमबहादुर गर्बुजा ‘खम्बिर’ सर्वसम्मत भएपनि उपसभापति र सचिव र जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत नभएपछि निर्वाचन प्रक्रियाबाट टुंगो लगाउन लागिएको निर्वाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले जानकारी दिनुभयो । सहमतिका लागि बिहिबार बिहान ८ बजे सम्मको समय दिइएको भएपनि सहमति नभएपछि निर्वाचन प्रक्रिया अगाडी बढेको हो ।

सर्वसम्मत सहमति नभएका पदमा विहिबार दिउँसाे ३ :४० बजेबाट जिल्ला समन्वय समितिको सभाहलमा मतदान भइरहेको छ । सभापति गर्बुजा ,पुर्व सभापति तथा महाधिवेशन प्रतिनिधि पदका उम्मेद्धार रेशमबहादुर बानियाँ र पुर्व सहसभापति तथा महाधिवेशन प्रतिनिधि पदका उम्मेद्धार नेत्रबहादुर महतले मतदान गरेर सुरु गरेका हुन् । दुई जना उपसभापतिमा क्याप्टेन डमबहादुर गर्बुजा पुन, हरिकुमार श्रेष्ठ, माधबप्रसाद रेग्मी, क्याप्टेन मिनबहादुर कार्की, कणर्बहादुर भण्डारी केबी र कमल छन्त्याल विच प्रतिस्पर्धा हुने छ ।

दुई जना सचिब पदमा भरत रकाल, अजयमिलन श्रेष्ठ, दुर्गाराम सुबेदी र हिराबहादुर पुन विचमा प्रतिस्पर्धा हुने छ । त्यस्तै दुई जना सहसचिब पदका लागि श्रीराम पौडेल, ध्रुबराज कार्की र कोमलप्रसाद उपाध्यायको उमेद्वारी परेको छ ।

१० जना खुल्ला महाधिबेशन प्रतिनिधीमा राजेन्द्र श्रेष्ठ, शिब के.सी., चिरञ्जिबी शर्मा, उदिमबहादुर पुन, बिपिन खड्का, मुकुन छन्त्याल, जिबनकुमार मल्ल, मनमोहन बुढाथोकी छन्त्याल, रबिन्द्र गर्बुजा पुन, लालबहादुर थापा क्षेत्री (माइकल), श्रीप्रसाद रोकामगर, धनबहादुर छन्त्याल, बिक्रम बोगटी, दिपेन्द्र शर्मा रिजाल, मानकाजी घिमिरे, रमेशकुमार श्रेष्ठ, रेशमबहादुर बानियाँ र नेत्रबहादुर महत रहेका छन् । केही पदमा भने बुधबार राति र विहिबार विहान सर्वसम्मत रुपमा चयन गरिएको थियो ।जिल्लाको ४५ वटै वडाबाट कबिर सात सय ५० जना क्षेत्रीय प्रतिनिधि चुनिएर आएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार