पत्रकार ऐडीको निधन

हुम्ला । हुम्लाका पत्रकार नन्द ऐडीको उपचारका क्रममा निधन भएको छ । काठमाडौँको सुमेरु अस्पतालमा कलेजो र मिर्गौलासम्बन्धी रोगले ग्रस्त भएपछि उपचारकै क्रममा पत्रकार ऐडीको निधन भएको हो ।

दुई हप्तादेखि काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएका पत्रकार ऐडीको शनिबार सुमेरु अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको उनकी श्रीमती बविता बुढाले बताइन् । पत्रकार ऐडी हेपाटाइटिस बी, कलेजो र मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो।

तीस वर्षको उमेरमा ऐडीको निधन भएको हो । पत्रकार ऐडी ताकेश्वर आवाजका प्रकाशक एवं प्रधान सम्पादक रहेका हुनुहुन्थ्यो । उहाँकी २४ वर्षकी श्रीमती, दुई छोरी र एक छोरा छन् । आर्थिक अवस्था कमजोर भएका कारण उहाँको उपचारमा आर्थिक समस्या भइरहेको थियो । उहाँको निधनबाट हुम्ला जिल्लाले एक युवा पत्रकार गुमाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार