ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

धनगढी । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन्। आइतबार अमरगढी नगरपालिकामा सिमेन्ट बोकेको सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९६२ नम्बरको ट्याक्टर

दुर्घटना हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको हो। प्रहरीका अनुसार घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।घाइते भएका मध्य एकजनाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार