गरिमा विकास बैंकको १५ औं वार्षिकोत्सवमा रक्तदान

म्याग्दी । गरिमा विकास बैंकले आफ्नो १५औं बार्षिकोत्सवको अवसरमा मंगलबार सदरमुकाम बेनीमा बृहत रक्तदान कार्यक्रम गरेको छ । बेनी नरपालिकाका मेयर हरिकुमार श्रेष्ठले ब्लडव्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको सुरुवात गदैं वित्तिय कारोबारसँगै बैंकले सामाजिक उत्तरदायित्व अन्तरगतका शिक्षा, स्वास्थ्य, वित्तिय साक्षरता सहितका सामाजिक कार्यमा सहयोग गर्ने गरेको बताउनुभयो ।

बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा योगदान पु¥याउने उद्देश्यसहित ‘रक्तदान, जीवनदान’ भन्ने मुल नारासहित रक्तदान कार्यक्रमको आयोजना गरेको सञ्चालक समितिका सदस्य दिपेन्द्र श्रेष्ठले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाईटी बेनी शाखा अन्तरगतको रक्त संचार केन्द्रको प्राविधिक संयोजनमा संकलन भएको रगतलाई बेनीअस्पतालका बिरामीसँगै आवश्यकता अनुसार जिल्ला बाहिर समेत पठाउन सकिने केन्द्रका सयोजक सुरत केसीले बताउनुभयो ।

रक्तदान कार्यक्रममा जिल्लास्थित व्यापारी, बैंकका सञ्चालक तथा कर्मचारी,सर्वसाधारणसहित ३० जनाले रक्तदान गरेको र ३० पिन्ट रगत सङ्कलन भएको थियो । रक्तदान कार्यक्रमको अध्यक्षता सञ्चालक श्रेष्ठ, स्वागत पोखरा कलस्टर प्रमुख भोलाप्रसाद तिवारी र सञ्चालन बागलुङ शाखा प्रमुख नारायणहरी शर्माले गरेको बेनी शाखाकी बरिष्ठ सहायक कविता शर्माले जानकारी दिनुभयो ।

बैंकको सदरमुकाम बेनी, पश्चिम म्याग्दीको बावियचौर, दरबाङ, उत्तरी क्षेत्रका जनतालाई लक्षित गरी पोखरेबगरमा शाखा रहेको छ । जिल्लामा धेरै ग्राहक र रेमिट्यान्स प्रवाह गर्ने वित्तिय संस्था समेत रहेको बैंक नियमित सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रम गर्ने बैंकमा पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार