
काठमाडौं । काठमाडौंबाट नारायणगढ–मुग्लिन सडक खण्ड हुँदै चल्ने ठूला मालवाहक गाडीलाई आज काठमाडौंमै रोकिएको छ ।नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण ट्राफिक व्यवस्थापन गर्न भन्दै मालवाहक गाडीहरुलाई काठमाडौंमै रोकिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार यी गाडीलाई नागढुङ्गाबाट प्रवेश गर्न दिइएको छैन । ठाउँठाउँमा मालवाहक गाडीको लामो लाइन देखिएको छ ।कलङ्कीदेखि नागढुङ्गा सडक खण्डका केही ठाउँमा गाडीहरु रोकिएका छन् ।
त्यस्तै, ललितपुरको धोबिघाटदेखि कलङ्कीसम्म पनि गाडीको लामो लाइन छ । एमालेको महाधिवेशनका कारण ट्राफिक व्यवस्थापनमा चाप पर्ने भएकाले ठूला मालवाहक गाडीलाई आज दिनभरि नै रोक लगाउने ट्राफिकको योजना छ ।आज पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा पनि मालवाहक गाडीहरुलाई चितवन तर्फ आउन दिइएको छैन । नागरिक खबरबाट