दग्नाममा माओवादीको वडा कमिटी

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ ।दर्मीजामा बिहिबार भएको प्रथम वडा अधिबेशनबाट बिप्रसाद पुनको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्षमा राजकुमार शेरपुञ्जा, सचिबमा यामबहादुर बिक र कोषाध्यक्षमा पुर्णकुमारी बिक चयन हुनुभएको नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष हरि भण्डारीले जानकारी दिनुभयो ।रघुगंगाको १, २, ३, ५ र ६ नम्बर वडामा यसअघिनै वडा अधिबेशन गरेर कमिटी गठन गरेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार