एमाले बरालिएको छ, कांग्रेसले ठिक ठाउँमा ल्याउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा एमाले बरालिएकोले कांग्रेसले ठिक ठाउँमा ल्याउनुपर्ने बताउनुभएको छ । कांग्रेसको शत्रु एमाले नभएको उहाँले बताउनुभयो । तर बरालिएको एमालेलाई कांग्रेसले ठिक ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्न योग्य बनाउनुपर्ने उहाँले बताउनुभयो।

आज काठमाडौं कांग्रेसको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा थापाले महाधिवेशनपछि झन् एमाले बरालिएर आउने टिप्पणी गर्नुभएको छ । ुएमाले बरालिएको छ, तथ्यहीन कुरा गर्‍यो भने ठिक ठाउँमा ल्याउने तागत कांग्रेसले राख्नुपर्छ। कांग्रेसले ठिक ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘एमाले हाम्रो शत्रु होइन।’उहाँले एमाले चितवनबाट फर्केर काठमाडौं आएपछि एमालेसँग जुध्न बाँकी रहेको बताउनुभयो।

‘एमाले चितवनबाट फर्केर काठमाडौंबाट आइसकेपछि चुनावमात्र होइन त्यसअघि ऊसँग जुध्नुछ। प्रजातन्त्र जोगाउन र संविधान जोगाउन, यो व्यवस्था जोगाउन जुध्नुछ। त्यसका लागि योग्य नेतृत्व कांग्रेसमा आवश्यक छ,’ उहाँले भन्नुभयो । थापाले कांग्रेसभित्र पनि सुधार आवश्यक रहेको बताउनुभयो । ‘कांग्रेसको मुख्य नेतृत्व परिवर्तन हुन जरूरी छ,’ उहाँले भन्नुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार