राप्रपा महाधिवेशनः प्रकाशचन्द्र लोहनीको लिङ्देनलाई समर्थन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा प्रकाशचन्द्र लोहनीको समर्थन प्राप्त भएको छ । युवा नेताहरूको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा लिङ्देनलाई लोहनीको समर्थन प्राप्त भएको हो ।

डा लोहनीले मंगलबार सार्वजनिक कार्यक्रममार्फत लिङ्देनलाई समर्थन रहेको गर्ने तयारी गरेका छन् । मंगलबार बिहान साढे ११ बजे पत्रकार सम्मेलन डा लोहनीले लिङ्देनलाई समर्थन रहेको घोषणा गर्ने राप्रपा नेता जनकराज पाठकले जानकारी दिए । यसका लागि जमलस्थित एलो प्यागोडा होटेलमा कार्यक्रम राखिएको छ ।

हाल राप्रपामा कमल थापा, पशुपतिशमशेर जबरा र डा लोहनी तीन जना नेतृत्वमा छन् । थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, जबराले हालसम्म उम्मेदवारी घोषणा गरेका छैनन् । हाल उनी कतै खुलेको अवस्था छैन । नयाँ नेतृत्व नआएमा राप्रपाको अस्तित्व सकिने अधिकांश युवा नेताहरूको बुझाइ छ । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार