एक जना बृद्धको मृत्यु

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा घाइते अवस्थामा भेटिएका एक जना बृद्धको मृत्यु भएको छ । आइतबार साँझ घाइते अवस्थामा भेटिएका अन्दाजी ७७ बर्षिय गोरे थापाको बेनी ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक विरेन्द्र राज गुरुङले जानकारी दिनुभयो ।

ताकमको रत्नेगैरामा आइतबार साँझ मृत भेटिएका थापाको शव परिक्षणका लागि बेनी अस्पताल राखिएको छ। उहाँका अनुसार इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको टोली अनुसन्धानका लागि सोमबार विहान ताकमा पुगेको छ ।

सडक छेउमा हिडिरहेका थापा लडेको ठाउँ भएर साँझको समय गाडी पार गरेको थियो । प्रत्यक्षदर्शाीले गाडी नआउँदासम्म हिडिरहेका थापा गाडी पार भइसकेपछि लड्नु र चोटपटक देखिनुमा गाडीले ठक्कर दिएको हुन सक्ने अनुमान गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार