धवलागिरीको गुर्जामा हिमपहिरोमा पुरिएर १ जना बेपत्ता, तीन जना अलपत्र

म्याग्दी। म्याग्दीको विकट धवलागिरी गाउँपालिका–१, गुर्जामा हिमपहिरोमा पुरिएर बिहीबार एक जना बेपत्ता भएका छन् । गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण हिमपहिरो गएर भेडिगोठ बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयाे। उहाँका अनुसार, मोवाईल र इन्टरनेट सेवा हिमपातकै कारण अबरुद्ध भएपछि थप जानकारी लिन समस्या भएको छ ।

बस्ती देखि टाढाको गोठमा बस्दै आउनुभएका जगमाया छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर अलपत्र पर्नुभएको छ । बेपत्ताको खोजी र अलपत्रको उद्धारका लागि हेलिकोप्टर बोलाउन पहल गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, विद्युत र मोबाइल फोन सेवा पनि अवरुद्ध छ । छिमेकी वडा लुलाङबाट गुर्जा पुग्न एक दिन पुरै हिँड्नुपर्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार