नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक तरिकाले अघि बढ्छ : प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक तरिकाले अघि बढ्ने बताउनुभएको छ । राजधानीमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम पछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक तरिकाले अघि बढ्ने बताउनुभयो। नेतृत्व चयन प्रक्रिया राम्रोसँग लोकतान्त्रिक तरिकाले अघि बढ्छ’, उहाँले भन्नुभयो ।

आज ११ टोलीका नेताले नेताले आ–आफ्नो समूहको निष्कर्ष सुनाउनुभएको थियो । भोलि बाँकी समूहको निर्णय प्रस्तुत गर्ने कार्यक्रम छ। महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गर्नुभएको थियो । प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार विभिन्न २५ वटा समूहमा छलफल भएको थियो । मंगलबार समूहगत छलफल सकिएपछि समूहका नेताले आफ्नो समूहको निष्कर्ष सुनाइरहेका छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार