स्थानीय न्यायीक समितिको वर्तमान अवस्था,अवसर र चुनौति बिषयक २ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिरहरु)

बेनी । स्थानीय न्यायीक समितिको वर्तमान अवस्था अवसर र चुनौति बिषयक दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा बुधबारदेखि सुरु भएको अन्तरक्रिया कार्यक्रम विहिबार सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा जिल्ला न्यायाधिश तेजनारायण पौडेल,प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना ,प्रनाउ श्यामकुमार राई ,सामाजिक विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख रमेश थापा मगर ,जिल्ला न्यायाधिवक्ता प्रकाश कोइराला ,अधिवक्ता ठहरबहादुर भण्डारी लगायतले प्रशिक्षण दिनुभएको थियो ।कार्यक्रममा जिल्लाका सबै पालिकाका न्यायीक समितिले चार बर्षको अवधीमा गरेका कार्यप्रगति ,अवस्था र चुनौति लगायत विषयहरु प्रस्तुत गरेका थिए ।

जिल्लाको मालिका गाउँपालिकाको न्यायीक समितिले हालसम्म सबैभन्दा धेरै मुद्धा दर्ता र फछ्र्यौट भएको छ । न्यायीक समितिले १३२ वटा मुद्धा फछैंट गरेको संयोजक तथा गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक बर्ष २०७८÷०७९ को कात्तिकसम्म १३६ वटा मुद्धा दर्ता भएकोमा १३२ वटा पछ्र्यौैट भएको छ । संयोजक तथा गाउँपालिका उपाध्यक्ष विटालुले प्रस्तु गर्नुभएको विवरण अनुसार २०७४÷०७५ मा ६० वटा मुद्धा दर्ता भएकोमा ६० वटा मुद्धा फछ्र्यौट भएका छन् । आर्थिक बर्ष २०७५÷०७६मा ५६ वटा दर्ता भएकोमा ५६ वटै मुद्धा फछ्र्याैट भएका छन् । त्यस्तै २०७६÷०७७ मा ५३ मध्य ५२, २०७७÷७८ मा ३२ मध्य २२ वटा मुद्धा फछ्र्यौट भएका छन् । भने चालु आर्थिक बर्षको चार महिनाको अवधिमा ४ वटा मुद्धा दर्ता भएकोमा दुई वटा फछ्र्यौट भएका छन् ।

न्यायीक समितिमा परेका उजुरीको दुवै पक्षलाई छलफल गराई विवाद समाधान गराउँदै आएको उहाँको भनाई छ । बेनी नगरपालिकाको न्यायीक समितिमा गत बर्ष १९ वटा उजुरी परेकोमा १७ वटा फैसला भएको उप्रमुख तथा न्यायीक समितिका संयोजक सञ्जु बरुवालले जानकारी दिनुभयो । रघुगंगा गाउँपालिकामा गत बर्ष ९ वटा उजुरी दर्ता भएकोमा ५ वटा मेलमिलाप भएको ,दुई वटा अदालत पठाईको र २ वटा चालु आर्थिक बर्षलाई जिम्मेवारी सरेको सार्वजनक विवरणम उल्लेख छ । गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक कमला तिलिजाले इजलास अभावले न्यायीक समितिको कामकाज प्रभावित बनेको बताउनुभयो ।

मंगला गाउँपालिकामा गत आर्थिक बर्षमा ७३ वटा मुद्धा दर्ता भएकोमा ६६ वटा फछ्र्यौट भएको र चालु आर्थिक बर्ष दर्ता भएका ६ वटा मुद्धा फछ्र्यौट क्रममा रहेको उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक सिर्जना केसीले जानकारी दिनुभयो । त्यसैगरी अन्नपुर्ण गाउँपालिकाको न्यायीक समितिमा क्षेत्र अधिकार संग सम्बन्धीत दर्ता भएका ११ वटा उजुरीहरु फछ्यौट भएका छन् । न्यायीक समितिका पदाधिकारी ,सरोकारवालाहरुले समितिको गतिविधिलाई थप प्रभावकारी बनाउन ११ बुँदे प्रतिबद्धता जारी गरेको सामाजिक विकास कार्यालयका प्रमुख थापाले बताउनुभयो । गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार