मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा समूहका मन्सुर विजयी

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट फर्मुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ। शुक्रबार भएको मतगणनामा सभापति शेरबहादुर देउवा समूहका मन्सुरले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्दै मुस्लिमतर्फको सहमहामन्त्री जित्नुभएको हो ।

मन्सुरले २७७६ मत ल्याए भने वकिलले १८७१ मत पाउनुभयो । आज थारू, मधेसी, खसरआर्य र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ। यसअघि बिहीबार महिला, दलित र आदिवासीरजनजाति क्लस्टरका सहमहामन्त्रीको मतपरिणाम आएको थियो। जसमा दुई जना देउवा समूहका र एक जना कोइराला प्यानलकाले जित हात पारेका छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार