समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ बन्ने बताउनुभएको छ । समुदायको पहिचान सहितको समृद्धि नै राष्ट्रको उन्नति भएको पनि उनले बताउनुभयो ।किरात समुदायको पर्व उधौली तथा नेवाः समुदायले मनाउने योमरी पुन्हिका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रचण्डले सो कुरा बताउनुभएको हो ।

‘सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ हुन्छ । समुदायको पहिचान सहितको समृद्धि नै राष्ट्रको उन्नति हो’, शुभकामना सन्देश मार्फत् प्रचण्डले भन्नुभएको छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको पनि प्रचण्डले उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति हो । यही सांस्कृतिक विविधता सहितको सहिष्णुता नै नेपाली समाजको एकता हो ।’मुलुकको सामाजिक विकास र समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको भन्दै प्रचण्डले यी पर्वहरुले सम्पूर्ण नेपाली जनसमुदायमा आपसी सद्भाव र सहअस्तित्वको भावना विकास गरुन् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार