एमसीसी परियोजना अघि बढाउने सरकारको दायित्व : गृहमन्त्री खाँण

धनुषा । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजना अघि बढ्ने बताउनुभएके छ । उहाँले एमसीसी परियोजना अगाडि बढाउने सरकारको दायित्व रहेको पनि बताउनुभयो ।

मंगलबार जनकपुरधाममा संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले यसअघिका सरकारकै पालामा एमसीसी परियोजनाका लागि प्रकृयाहरू अगाडि बढाइएको भन्दै यसलाई अगाडि बढाउनु वर्तमान सरकारको दायित्व भएको बताउनुभयो । यद्यपि सबैको सहमति र सहाकार्यकै आधारमा एमसीसी परियोजनाको प्रक्रिया अगाडी बढाइने उहाँको भनाइ थियो ।

नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनलाई केन्द्रित गरेर जनकपुरधाम आएका गृहमन्त्री खाँणले एमसीसीको बारेमा जनतामा केही भ्रम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गर्नेछ, यसबाहेक अरु कुनै उद्देश्य छैन ।’ratopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार