संसदमा मेरो उपस्थितिले केपी ओलीको सात्तो गयो : नेपाल

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले संसदमा आफ्नो उपस्थितिले केपी ओलीको सात्तो गरेको टिप्पणी गर्नुभएको छ । एमाले अध्यक्ष ओलीको सात्तो गए पनि आफूलाई मतलब नभएको उहाँले बताउनुभयो। कमसेकम मेरो उपस्थितिले केपीको सातो त गइरहेको छ नि, सातो जाओस् केही मतलब छैन,’ उहाँले भन्नुभयो, ‘नेपाली जनताको सातो कायम रहनुपर्छ।’

संसदको मंगलबार बसेको बैठकमा आफू उपस्थिति नहुँदा माधव नेपाल भग्यो भनेर आरोप आउन सक्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘म आज संसद जानैपर्ने नत्र अर्को प्रचार गर्न बेर छैन माधव कुमार नेपाल भाग्यो भनेर। कति गाह्रो छ हेर्नुस, अहिले म बाहिर भएको मौकामा आएर केपी ओली छिर्न बेर छैन।’

पोखरामा पार्टीले गरेको गण्डकी प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण भेला अध्यक्ष नेपालले उक्त टिप्पणी गर्नुभएको हो । राजनीतिमा प्रष्टता भयो भने बैरीसँग जुध्न सजिलो हुने भन्दै उहाँले आफूहरुको पहिलो प्रतिद्वन्द्वी एमाले भएको बताउनुभयो । केपी ओलीको कब्जामा रहेको प्राइभेट लिमिटेडको कथित एमाले हाम्रो पहिलो प्रतिद्वन्द्वी बन्न पुगेको छ,’ उहाँले भन्नुभयो, ‘हामीलाई शत्रु घोषणा गरेको छ।’

ओलीले आफूहरुको अनुहार पनि हेर्दिनँ भनेको दाबी गर्दै नेपालले कांग्रेसको महाधिवेशनमा आफूहरुलाई हेर्दै बस्नु परेको पनि बताउनुभयो। हाम्रो अनुहार पनि हेर्दिन भनेको छ, कस्तो संजोग–हाम्रो अनुहार हेर्दै जानुपरेको छ। कांग्रेसको कार्यक्रममा आउन हुने, एउटै स्टेजमा बस्न हुने, अरु ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने ?’ उहाँले भन्नुभयो।

एमाले अध्यक्ष ओली संसद बैठकमा उपस्थित नभएकोतर्फ व्यङ्ग्य गर्दै नेपालले आफू नभएका बेला संसद आउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले ओली आइरहेको छैनन् संसद बैठकमा, आउँछन्, नारा गलागउन शुरु भइहाल्छ, नारा लगाउन सिकाएको हो कि क्या हो।’ नेपालले एमालेले सदन अवरोध गर्दा लगाएको नारा ओलीतर्फ फर्काउनुभयो । उहाँले ३ वटा बुँदामा एमालेले सदनमा लगाएको नारा ओलीतर्फ फर्काउनुभयो। उहाँले भन्नुभयो, ‘नारामा लगाइएका विषय के के छन्रु नम्बर १, संसदीय मर्यादा पालना गर। केपी ओली गुटले मर्यादा पालना गरेका छन्रु नम्बर २, संविधानको सम्मान गर। संविधानको सम्मान गर्‍याछन्रु नम्बर ३, हामीले कारबाही गरेका व्यक्ति यहाँबाट हटा। के कारबाही गर्ने अधिकार पाएका छन्रु’

ओलीले आफूहरु माथि धारे हात लगाएको भन्दै उहाँले एमालेमा रहेका ओली पीडितलाई एकीकृत समाजवादीमा आवद्ध हुन आह्वान समेत गर्नुभयो। ‘केपी ओलीको प्राइभेट कम्पनीमा कोही पीडित हुनुहुन्छ भने आउनुस्, हामीसँग हातेमालो गर्नुस्,’ उहाँले भन्नुभयो, ‘सबै पीडितहरु एकजुट होऔं।’ एकीकृत समाजवादीले संगठन विस्तार गर्दा जिल्ला जिल्लामा तरंग फैलिएको उहाँको दाबी छ। डडेल्धुरामा एमालेको जिल्ला कमिटी नै एकीकृत समाजवादीमा प्रवेश गरेको दाबी गर्दै उहाँले डडेलधुरामा केपी ओली पत्तासाफ भएको दाबी गर्नुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार