रवीन्द्र मिश्रद्धारा मिलन पाण्डेलाई पार्टीबाट निकालियो

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक रहनुभएको मिलन पाण्डेलाई सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। अध्यक्ष रवीन्द्र मिश्रले आज संयोजक पाण्डेलाई कारबाही गरेका हुन्।

मिश्रले पाण्डेलाई नेतृत्वप्रति अनर्गल प्रचार गरेको, भ्रमपूर्ण र निकृष्ट आरोप लगाएको भन्दै पार्टीको साधरण सदस्यसमेत नरहने गरि कारबाही गरेको हो । पार्टीले लिने वैचारिक एजेन्डाबारे अध्यक्ष मिश्र र संयोजक पाण्डेबीच कुरा मिलेको थिएन। पाण्डे पक्षले आजै दुई सय सदस्य रहेको समानान्तर केन्द्रीय समिति गठन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार