
काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्ने पक्षमा एमाले नरहेको स्पष्ट पार्नुभएको छ ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कुनै सर्तमा पनि यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेको स्पष्ट पार्नुभएको हो । गठबन्धन तोडे संसद चलाउन र एमसीसी पारित गर्न एमालेले प्रधानमन्त्रीलाई सहयोग गर्ने भन्ने प्रचण्डको भनाइ निराधार भएको भन्दै उहाँले एमालेलाई बद्नाम गर्ने कुरा पुष्टि हुन नसक्ने बताउनुभयो । उहाँले एमालेलाई गठबन्धन तोड्न र सरकारमा जान कुनै रुची नरहेको धारणा पनि राख्नुभयो ।
त्यस्तै, भट्टराईले कार्यव्यवस्था परामर्श बैठकमा आफूले राखेका मुद्दाका बारेमा जानकारी गराएको र माग पूरा गर्न नसके मार्गप्रसस्त गर्न सभामुखलाई सुझाव दिएको जिकिर गर्नुभयो । एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसद्लाई सभामुखले पदमुक्त गरेको सूचना टाँस नगरेको भन्दै संसद्मा अवरोध गर्दै आएको छ । नागरिक खबरबाट