सशक्त र बलियो कांग्रेस निर्माणका लागि सक्रिय रहन्छुः एनपी साउद

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एनपी साउदले सशक्त र बलियो कांग्रेस निर्माणका लागि सक्रिय रहने बताउनुभएको छ ।

१४औँ महाधिवेशनमा खुलातर्फ सर्वाधिक दोस्रो लोकप्रिय मत पाएर केन्द्रीय सदस्य निर्वाचित साउदले जिल्ला तथा क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलगायत आफ्ना शुभेच्छुकलाई धन्यवाद दिँदै सशक्त र बलियो कांग्रेस निर्माणका लागि साथसाथै अघि बढ्ने उल्लेख गर्नुभएको छ ।

‘१४औँ महाधिवेशनका क्रममा म प्रति अपार माया देखाउनु भएकोमा कृतज्ञ छु । यहाँहरुको माया, सद्भाव र विश्वासको सदैब सम्मान गर्ने प्रण दोहोर्याउन चाहन्छु’ साउदले भननुभएको छ, सशक्त र बलियो कांग्रेस निर्माणका लागि तपाई हामी सदैब साथै रहने छौँ ।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार