
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले विचारभन्दा माथि देश कसरी हुन्छ भन्दै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई प्रश्न गर्नुभएको छ । मिश्रले विचारभन्दा माथि देशको मार्गचित्र पार्टीमा लागू गराउनसभएको छ भने सोही विचारका कारण पार्टीमा विग्रह आइरहेको बेला राउतले ट्वीटरमार्फत यस्तो प्रश्न गर्नुभएको हो ।
‘विचारभन्दा माथि देश रे ! देश आफैंमा विचारबाट जन्मेको हो’, राउतको भनाइ छ, ‘पहिला विचार आएको हो, अनि मात्रै देश । अनि विचारभन्दा माथि देश कसरी हुन्छ ? ’ उहाँले अगाडि थप्नुभएको छ, ‘देश के पृथ्वी उत्पति हुँदाखेरि बनेर आएको थियो र ? कति त यहाँ टिनेएजर्सभन्दा पनि कान्छा छन्।’कुनै बेला पृथकतावादी आन्दोलन गर्ने राउत अहिले मधेस केन्द्रीत राजनीतिमा सक्रिय छन् । रातोपाटीबाट