केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाउनुभएको छ। सिंहदरबारमा बोलाइएको बैठकमा आन्तरिक सुरक्षा परिस्थितिबारे छलफल हुने गृह मन्त्रालय स्रोतले बतायो ।

गृहमन्त्रीको अध्यक्षतामा बस्ने बैठक अपरान्ह ३ बजे शुरु हुनेछ । बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार