महिला र पुरुषलाई सँगै राखेर पढाउन मिल्दैनः तालिवानी शिक्षामन्त्री

एजेन्सी । अफगानिस्तानका शिक्षामन्त्री अब्दुल बाक्की हक्कानीले सहशिक्षा मुस्लिमहरुको मुल्य र मान्यता विपरित भएको बताउनुभएको छ। आफूहरु महिला शिक्षाको विरोधी नभएको तर महिला र पुरुषलाई सँगै पढाउने कार्य आफूहरुलाई मान्य नभएको बताउनुभएको छ ।

‘हामीले मुस्लिम वातावरण कायम गर्ने विषयमा तयारी गरिरहेका छौ, जहाँ महिलाले पनि पढ्न सक्नेछन् । महिलाहरुले अलग्गै पढ्ने व्यवस्था गर्न केही समय लाग्नेछ,’ उहाँले भन्नुभयो । तर, छात्राहरुलाई कहिलेदेखि फेरि विद्यालय पठाइन्छ भन्ने विषयमा भने उहाँले केही खुलाउनुभएको छैन। गत १५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि छात्राहरुलाई विद्यालय र कलेज पढ्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै, महिलाहरुका विभिन्न हक अधिकार खोसिएका छन् ।

तालिवानको निर्णयप्रति ह्युमन राइट्स वाचकी हिदर बारले आपत्ती जनाउनुभएको छ । ‘तालिवानले नयाँ आदेशले महिलालाई कैदी बनाउने निश्चित छ,’ उहाँले भन्नुभयो । यसैबीच, लामो दुरीको यात्रा गर्न चाहने महिलाले आफूसँगै नजिकको पुरुष नोतादार हुनुपर्ने तालिवानले जनाएको छ । पुरुष आफन्तविना टाढा यात्रा गर्ने महिलालाई गाडीमा नचढाउन तालिवानले यातायात व्यवसायीलाई निर्देशन दिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार