
जुम्ला । हालै सरुवा भएर जुम्ला आएका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दले नागरिकको सहयोग बिना प्रहरी एक्लै सफल नहुने बताउनुभएको छ । सञ्चारकर्मीसँगको अन्तर्क्रियामा डिएसपी चन्दले ‘नागरिक पनि बिना बर्दीका प्रहरी’भएकाले आवश्यक समन्वय र सहकार्यकै माध्यमबाट शान्ति सुरक्षा कायम गर्न सकिने बताउनुभएको हो ।
जिल्लाका २८ वटै प्रहरी युनिटको निरीक्षण गरेका उहाँले रणनीतिक कार्ययोजनाका साथ अघि बढिरहेको बताउनुभयो । डिएसपी चन्दले सामाजिक हिंसाविरुद्धमा सचेताना कार्यक्रम नै थाल्नुभएको छ । ‘सभ्य समाज निमार्णका लागि सबै एक जुट हुनुपर्छ । विद्यालयमा साइबर क्राइमसम्बन्धी सचेतना कार्यक्रम पनि भइरहेको छ उहाँले भन्नुभयो । नागरिक खबरबाट