माओवादीमा १५ पदाधिकारी रहने विधान मस्यौदा प्रस्तुत

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको छ ।

मस्यौदामा पार्टीको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्षको व्यवस्था प्रस्ताव गरिएको छ । पदाधिकारी समावेशी बनाइने गुरुङले जानकारी गराउनुभयो । त्यस्तै केन्द्रीय कमिटी २९९ सदस्यीय हुने र केन्द्रीय कमिटीको १० प्रतिशत मनोनित गर्न सकिने प्रस्ताव गरिएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार