माओवादी नेता पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता

काठमाडौँ । माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्व अर्थमन्त्री वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ । स्वास्थ्य उचारका क्रममा चीनको सेनजेनमा रहेका नेता पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शनमा चिनियाँ नेतासँग भेट गर्नुभएको हो ।

भेटवार्तामा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्धी, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तार लगायतका विषयमा विस्तृत छलफल गर्नुभएको थियो । नेपालको समसामयिक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल, तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राखेको नेता पुनले बताउनुभयो ।

चिनियाँ पक्षले नेपालका वामदलहरु एक भएर अघि बढून् भन्ने शुभेच्छा व्यक्त गरेको नेता पुनले जानकारी दिनुभयो ।बैंककमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि चीन पुगेका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उहाँ द्विपीक्षय भेटवार्तामा जुट्नुभएको हो । जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लाग्नुभएको थियो । उहाँको मंसिर १० गतेयता चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज मा उपचार भइरहेको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार