वंशको निरंकुशता अन्त्य भए पनि व्यक्तिको निरंकुशता कायम : नेपाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई अधिकार दिने सवालमा राजनीतिक क्रान्ति सफल भए पनि अरु थुप्रै काम गर्न बाँकी रहेको बताउनुभएको छ ।

मंगलबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी)बीच एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले पनि व्यक्तिको निरंकुशताको खतरा रहेको बताउनुभयो। वंश विशेषको निरंकुशतालाई राजतन्त्र अन्त्यसँगै समाप्त पारिएको भए पनि अहिलेको व्यवस्थामा व्यक्ति विशेषको निरंकुशता देखिएको भन्दै उहाँले यसका विरुद्ध संघर्षको खाँचो औंल्याउनुभयो ।

‘व्यक्तिको निरंकुशता विचार र पार्टीको भ¥याङ चढेर माथि चढ्ने र स्वार्थको सागर बनाउने रहेछ, उहाँले भन्नुभयो, ‘जनतमतबाट हिटलर आएका होइनन् ? समाजवादकै झण्डा बोकेका थिए त उनले । उनको पतन भयो । अरुको त के हैसियत छ र ?’ उहाँले मान्छेको विचारमा परिवर्तन ल्याउन सकेमात्र समाज परिवर्तन हुने बताउनुभयो ।

आफूहरुले कम्युनिस्ट विचारलाई देशव्यापी बनाउँदै ३२ सालमा कोअर्डिनेशन केन्द्र बनाएको स्मरण गराउँदै उनले त्यतिबेला जम्मा ८ जना नेताबाट त्यो अभियान सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसमा पनि चार जना त हराए, अहिले तीन जनामात्र छौं– म, झलनाथ खनाल र मुकुन्द न्यौपाने । संगठनमा मानिसलाई गोलबद्ध बनाउँदा बनाउँदा विशाल पार्टी बनायौं ।’

यसरी विभिन्न खुड्किलो पार गर्दै बनेको नेकपा एमालेलाई केपी शर्मा ओलीले कब्जा गरेपछि आफूहरुले विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको उहाँको भनाइ छ । आफूहरुसँग विचार रहेको भन्दै उहाँले विचारकै आधारमा नेकपा एकीकृत समाजवादी पार्टी अग्रणी बन्न सक्ने दाबीसमेत गर्नुभयो । नेपालको राजनीतिमा नेकपा एकीकृत समाजवादीले आफ्नो हैसियत देखाइसकेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीलाई कसैले बेवास्ता गर्न सक्दैन । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार